महेन्द्रनारायण निधि मेमोरियल फाउण्डेसनको सहयोगार्थ महायज्ञ

२ आश्विन २०६९, मंगलवार १४:४७ मा प्रकाशित

काठमाडौं, २ असोज । पहिलो संसदका उपसभामुख स्वर्गिय महेन्द्रनारायण निधिको नाममा राजधानीको गौशालामा संचालित अस्पतालको सहयोगार्थ राजधानीकै बसुन्धारामा महायज्ञ हुने भएको छ । यही असोज ६ गते देखि १३ गते सम्म हुने श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञका लागि आन्तरिक तयारी तिव्र पारिएको महेन्द्रनारायण निधि फाउण्डेसनका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।
वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने महायज्ञका लागि काङग्रेस नेता तथा पुर्वमन्त्री दिपकुमार उपाध्यायको संयोजकत्वमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजक मुल समारोह समिति र अन्य विभिन्न समितिहरु पनि गठन गरिएको दाहालले बताउनुभयो ।
महायज्ञ आयोजक मुल समितिले असोज ६ गते विहान साढे १० बजे पशुपतिनाथ मन्दिरपरिसर र पाटन कृष्णमन्दिर परिसरबाट कलश–शोभायात्रा निकाल्ने कार्यक्रम तय गरेको छ । करिव दुई घण्टाको कलशयात्रापछि साढे ११ बजे उद्घाटन कार्यक्रम र ४ बजे उद्घाटन कार्यक्रमको समापन गरिने तालिका आयोजकले बनाएको छ ।
प्रत्येक दिन विहान ९ बजे कथा वाचन सुरु भई साढे पाँच बजे आरतीसहित समापन गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
गौशालाको प्रहरी विट नजिकै रहेको अस्पताल अहिले भाडाको घरमा रहेकाले बसुन्धारामा पनि प्रहरी बिटनजिकै जग्गा किनेर भवन बनाउन लागिएकाले आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको अस्पताल संचालक समितिका अध्यक्ष भानुभक्त ढकालको भनाई छ । उहाँकाअनुसार महायज्ञमार्फत कम्तीमा पाँच करोड रुपैयाँ दानदक्षिणा संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा दानदक्षिणा गर्नेहरुलाई विभिन्न तरिकाले सम्मान गर्ने योजना भनाइएको पनि उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा