तत्कालीन भारतीय प्रधानमन्त्री वाजपेयीको काठमाडौंमा हत्या प्रयास भएको दाबी

२ आश्विन २०६९, मंगलवार १४:२९ मा प्रकाशित

काठमाडौं, २ असोज । सन् २००२ मा नेपालमा भएको सार्क सम्मेलनका क्रममा तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीमाथि आक्रमण गरी हत्या गर्ने योजना बनेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । विमान अपहरण काण्डमा अघिल्लो हप्ता भारतको जम्मूकश्मीरमा पक्राउ परेका मिराजउद्दीनले बयानका क्रममा त्यस्तो योजना बनाइएको बताएको दैनिक जागरणले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

भारतीय गुप्तचर संस्थालाई उद्धृत गर्दै अनलाईनले जनाएअनुसार सार्क शिखर सम्मेलनका क्रममा बाजपेयी लगायतका नेतालाई लक्षित गरेर ठूलो विष्फोट गराउने योजना बनाइएको थियो । मिराजउद्दीनको नेपालस्थित पकिस्तानी दूतावासका एक अधिकारीसंग सम्बन्ध रहेको भारतीय गुप्तचर संस्थाले दाबी गरेको छ ।
सार्क शिखर सम्मेलनअगावै नेपाली प्रहरीले ठूलो परिमाणमा विष्फोटक पदार्थ आरडीएक्स बरामद गरेपछि विष्फोटको योजना असफ भएको मिराजले आफ्नो बयानमा बताएको जागरणले दाबी गरेको छ । मिराज सन् १९९९९ मा काठमाडौंबाट विमान अपहरण गरी अफगानिस्तानको कन्दहार पुरयाउनेमध्यका एक भएको भारतीय दाबी छ भने हालै नेपालबाट काश्मीर हुंदै पाकिस्तान जाने क्रममा उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको