ठग बचाउन मालपोत ठप्प

२ आश्विन २०६९, मंगलवार १४:२६ मा प्रकाशित

काठमाडौ, २ असोज । भक्तपुर मालपोतका कर्मचारीहरुले कार्यालय ठप्प पारेका छन् । प्रहरीले आफ्ना सहकर्मीलाई हिरासतमा लिएपछि उनको रिहाईको माग गर्दै मालपोत कर्मचारहिरुले काम बन्द गरेका हुन् । मध्यपुर ठिमी १६ अरनिको राजमार्गसंगै जोडिएका मनहरा पुल छेउको ३ रोपनी ६ आना जग्गा सक्कली जग्गाधनीलाई थाहै नदिई कर्मचारीको मिलोमतोमा बिक्रीको प्रयास भएको थियो । त्यसमा संलग्नताको आरोपमा मालपोत का दुई शाखा अधिकृत सहित ४ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त कार्यमा संलग्न अन्य १५ जनालाई पनि प्रहरीले पक्राउ गरी ठगी तथा सरकारी छाप किर्ते मुद्दा चलाएको छ । प्रहरीले मालपोत का अन्य ३ कर्मचारीको पनि खोजी गरेको छ । ती कर्मचारीहरु बिदामा बसेको बताइएको छ । ठगीमा संलग्नको बचाउको माग गर्दै लगातार दुई दिन देखि कर्मचारीले कार्यालय ठप्प पारेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी