भट्टराईको सरकारले राष्ट्रिय अस्मिता बेच्यो : गगन

२ आश्विन २०६९, मंगलवार १३:१० मा प्रकाशित

चन्द्रकान्त खनाल, कपिलवस्तु, २ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादीको सरकारले राष्ट्रिय अस्मिता बेचेको आरोप लगाउँदै भट्टराई दलाली शासक बनेको बताएका छन् । तौलिहवामा नेपाल बिद्यार्थी संघले आयोजना गरेको युवा बिद्यार्थी सभालाई सम्बोधन गर्दै पशुपति र सेनापति कब्जा गर्न नसकेको माओबादीले सत्ता कब्जा गर्न नसक्ने दाबी गरे ।
बाबुराम र बिजयकुमार गच्छेदारको कारण संबिधान जारी हुन नसकेको बताउंदै उनले संविधान जारी भएपछि पनि सत्ता आफुहरुले चलाउन पाउनु पर्ने नत्र बिघटन गर्ने भन्दै निर्वाचनको घोषणा गरी लाचार बन्दै संबिधानसभा बिघटन गरेको बताए । माओबादीलाई नेपालको राष्ट्रियताप्रति भन्दा पनि सत्ताप्रति लिप्त रहेकोले देश अग्रगतिमा अगाडी बढ्न नसकेको र अधोगतिमा जाँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै माओबादीले देशको राष्ट्रिय अस्मीतामाथि सौदाबाजी गरेको बताए । माओबादीको सरकार दलालहरुको र इतहासकै भ्रष्ट सरकार भएको भन्दै नेपाली जनताबिच द्धन्द सिर्जना गर्नको लागि मात्र जन्मिएको बताए ।
सरकार राष्ट्रियताको पक्षमा होइन दलालीको पक्षमा रहेको भन्दै देशलाई अरुको पोल्टामा सुम्पीन लागेकोले राष्ट्रियताको पक्षमा युवालाई लाग्न आग्रह समेत गरेका थिए । अहिले देशमा साम्प्रदायिक चिन्तनमा हाबी भएको भन्दै नेपालीबाट नेपालीलाई छुटाउन माओबादी तथा मधेशवादी दलहरु लगिपरेकोले यसबाट मुक्ति पाउनुपर्ने उनको धारणा थियो ।
सोही अवसरमा बोल्दै तरुण दलका केन्द्रिय अध्यक्ष उदय शमशेर राणाले तराईको नाममा दलाली बनेको आरोप लागाउँदै जननतालाइ झुक्याउन खोजेकोले सबैभन्दा बढी भ्रष्ट गृहमन्त्री बिजय कुमार गच्छेदार बनेको बताए । मधेशका दलहरुले मधेशी जनातालाई नै झुक्याईरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी