नेपाली हिन्दू महिला आज तीज मनाउंदै

२ आश्विन २०६९, मंगलवार ०९:५६ मा प्रकाशित

काठमाडौं, २ असोज । आज नेपाली हिन्दु महिलाहरु परम्परागत हरितालिका तीज पर्व मनाउंदैछन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक अवधारणाअनुसार यो पर्व मनाईंदै आइएको हो । यस सांस्कृतिक पर्वमा पानीसमेत नखाई नेपाली बिबाहित महिलाहरु शिवजीको पूजा–आराधना गर्दै आफ्ना पतीको दीर्घायूको कामना गरी ब्रत बस्छन् भने अविवाहिता महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन् ।

यस अवसरमा महिलाहरु विभिन्न तीर्थस्थल, मन्दिर तथा देवालयमा गई शिव–पार्वतीको पूजा–उपासना गरेर तजिका गीत, भजन र चुट्का गाएर मनको बह पोख्ने परम्परा सनातन हिन्दू संस्कृतिमा रही आएको छ ।
यसैक्रममा तीज पर्वको सुरुवातका रुपमा गएराती अवेरसम्म दर खाइएको छ । तीजको महत्वपूर्ण पक्षका रुपमा रहेको दर खाने प्रचलनमा पछिल्लो समय परिवर्तन पनि देखिएको छ । विशेषगरी शहरी क्षेत्रमा एक महिनाअघिदेखि नै दर खाने नाममा होटल, रेष्टूरांमा भेला भई पार्टी गर्ने, भड्किलो फेसन प्रदर्शनको प्रतिस्पर्धा गर्ने प्रवृत्तिले तीजको सांस्कृतिक महत्व तथा मौलिक पहिचान नै हराउने खतरा बढेर गएको अनुभूति गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले