पहिरोमा परी एकैघरका चारको मृत्यु

२ आश्विन २०६९, मंगलवार ०९:५२ मा प्रकाशित

काठमाडौं, २ असोज । स्याङ्जाको धारदि गाउंमा पहिरोले घर बगाउंदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । कालिकोट चण्डीभञ्ज्याङ गाविसमा पर्ने सो गाउंका ओमप्रताप सुवेदीको घर गएराती पहिरोले पुर्दा उनकी श्रीमती र तीन सन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा सुवेदीकी श्रीमती सरस्वती, ५ वर्षिया छोरी आकृति, तीन वर्षिया अर्की छोरी अस्मिता र २० महिनाको छोरा गोविन्दको मृत्यु भएको हो । ओमप्रतापचाहिं भागेर बच्न सफल भएका थिए । आफू भाग्ने प्रयास गर्नुअघि परिवारका सदस्यहरुलाई बचाउने प्रयास गरे पनि आफ्नै ज्यान जाने अवस्था आएपछि उनी पत्नी र सन्तानलाई छोडेर भाग्नु परेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार