प्रमुख दलहरुबीच बैठक सुरु

२ आश्विन २०६९, मंगलवार ०९:५१ मा प्रकाशित

काठमाडौं, २ असोज । राजनीतिक संकट समाधानका लागि सहमति जुटाउने पहलमा प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक मंगलबार जारी छ । संविधानका विवादित विषय र संविधान निर्माणका प्रक्रियाको टुंगो लगाउने तथा सरकारको साझेदारीबारे केन्द्रित हुंदै नेपाली कांग्रेस, एमाओवादी, एमाले र मधेसी मोर्चाको बैठक बसेको हो । बैठक नयांबानेश्वरस्थित विशेष समितिको कार्यालयमा आज बिहान सुरु भएको हो ।

राज्य पुनःसंरचनामा सबैभन्दा बढी विवादित मुद्दाहरु रहेका र संविधानसभाको पुनःस्थापना वा नयां निर्वाचनको विकल्प रोज्ने भन्ने विषयमा दलहरुबीच सहमति हुन सकेको छैन । आजको बैठकमा ज्वरोका कारण थलिएको भनिएका एमाओवादी अध्यक्ष पनि सहभागी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल