लडाकूले दिए परीक्षा, समायोजनमा जाने जम्मा डेढ हजार मात्र

२ आश्विन २०६९, मंगलवार ०७:४६ मा प्रकाशित


काठमाडौं, २ असोज । समायोजन रोजेका १ हजार ५ सयभन्दा बढी माओवादी पूर्वलडाकू लिखित परीक्षामा सहभागी भएका छन् । विभिन्न मुख्य तथा सहायक शिविरहरुमा सोमबार सञ्चालित लिखित परीक्षामा १ हजार ५ सय एकचालिस पूर्वलडाकू सहभागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सैनिक प्रवक्ता रमिन्द्र क्षत्रीका अनुसार सिपाही पदका लागि फारम भरी शारीरिक परिक्षा उत्तीर्ण भएका १ हजार ४ सय ५६ र उपसेनानी पदको फारम भरेका ८६ लडाकुले गणित, अंग्रेजी र नेपाली विषय समेटिएको १०० पूर्णांकको लिखित परीक्षा दिएका हुन् ।
माओवादी लडाकूका समायोजन, रेखदेख र पुनस्थापनासम्बन्धी विशेष समितिका संयोजक बालानन्द शर्माका अनुसार अधिकृतका लागि चितवन र अन्य दर्जाका लागि विभिन्न शिविरमा सोमबार सम्पन्न परीक्षामा ६८ जना अनुपस्थित रहे । अब समायोजित हुनेको संख्या बढीमा १ हजार ५ सयजति मात्र हुनेछ । अनुपस्थितहरु कोही पनि अब लिखित परीक्षामा सहभागी हुन पाउने छैनन् । १ हजार ५ सय ११ जना स्वेच्छिक अवकास रोजी चेक लिएर बाहिरिएको पनि शर्माले जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार