पूर्वप्रधानन्यायधीशहरुले दिए तीन महिना संसद ब्युंताउने सुझाव

२ आश्विन २०६९, मंगलवार ०७:४४ मा प्रकाशित

काठमाडौं, २ असोज । पूर्व प्रधानन्यायधीशहरुले वर्तमान राजनीतिक गत्यारोध अन्त्यका लागि संविधानसभा नभई संसद मात्र पुनःस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार राष्ट्रपतिसंगको भेटमा उनीहरुले संसद पुनःस्थापना नै राजनीतिक संकट निवारणको एक मात्र वैधानिक उपाय सावित हुने सुझाएका हुन् ।
पूर्वप्रधानन्यायधीशहरु रामप्रसाद श्रेष्ठ, मीनबहादुर रायमाझी र मोहनप्रसाद शर्माले हिजो राष्ट्रपतिलाई भेटेर बाधा अड्काउ–फुकाउ धारा प्रयोग गरेर संविधान संसोधन गर्न नमिल्ने भन्दै त्यो गरिए संविधानको प्रतिकूल मात्र नभई सर्वोच्च अदालतको फैसलाविपरित पनि हुन जाने तर्क गरेका थिए ।
पूर्वप्रधानन्याधीश त्रयसंग दुई चरणमा भेट गरेका राष्ट्रपतिले वर्तमान गतिरोध अन्त्यको संवैधानिक बाटो सुझाउन आग्रह गरेपछि उनीहरुले तीन महिनाका लागि व्यवस्थापिका संसद पुनःस्थापना गरे सबै गतिरोधको अन्त्य हुने बताएका थिए । संविधानसभाको आयु स्पष्ट रुपमा चारवर्षको लागि तोकिएकोले त्यो ब्युंताए सर्वोच्च अदालतको अपमान ठहरिने सुझाव आफूहरुले दिएको पूर्वप्रधानन्यायधीश रामप्रसाद श्रेष्ठले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल