प्रधानमन्त्रीले दिए राष्ट्रपतिलाई ‘चेतावनी’

२ आश्विन २०६९, मंगलवार ०७:४० मा प्रकाशित

काठमाडौं, २ असोज । प्रधानमन्त्री बाबुराम भट्टराईले कार्यकारी अधिकार मन्त्रीपरिषदमा रहेको भन्दै राष्ट्रपतिले संवैधानिक दायरामा बस्नुको विकल्प नभएको धारणा अघिसारेका छन् । जारी गतिरोध अन्त्यका लागि राष्ट्रपति रामवरण यादवले दलहरुलाई झक्झक्याइरहेको बेला प्रधानमन्त्री भट्टराईले ‘संवैधानिक दायर नमिच्न’ ध्यानाकर्षण गराएका हुन् ।
पोखरा विश्वविद्यालयको १३ औं साधारणसभाको उद्घाटन गर्न सोमबार पोखरा पुगेका भट्टराईले विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै आवश्यक विषयमा मात्र अध्यादेश पठाइएकोले राष्ट्रपतिले स्वीकृत गर्नैपर्ने अभिव्यक्ति दिएका थिए । प्रतिपक्षी दलहरुले सहमतिविना नै सरकारले राज्य सञ्चालन गर्न खोजेको आरोप लगाइरहेका बेला राष्ट्रपतिले चाहिं दलहरुलाई सहमति जुटाउन आग्रह गर्दै आएका छन् । व्यवस्थापिका संसद नरहेको बेला अध्यादेशमार्फत् राज्य सञ्चालन गर्नु सरकारको बाध्यता रहेको तर्क गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिले संवैधानिक दायरा नाघेर बाहिर जान नमिल्ने दोहोरयाए । विश्लेषकहरुले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई राष्ट्रपतिप्रति ‘सक्रिय नहुन’ दर्शाइएको चेतावनीका रुपमा टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका