रुपन्देहीमा दैनीक २ किलो सुन खपत

२ आश्विन २०६९, मंगलवार ०७:३५ मा प्रकाशित


चन्द्रकान्त खनाल, रुपन्देही, २ असोज । सुनको मुल्य बढ्ने क्रम नरोकिएपछि रुपन्देहीका उपभोक्तामाझ पुराना सुनका गहनालाई रिफाईन गरी नयां गहना बनाउने क्रम बढ्न थालेको छ ।
सुनको मुल्य क्रमिक रुपमा बढ्दै जांदा अहिले तोलाको ६२ हजार बढी पुगीसकेको छ । नयां सुन खरीद गर्नुको साटो आफूसंग रहेको पुरानो सुनलाई रिफाइन गरी केही सुन थपेर भनेजस्तो डिजाईनका गहना बनाउन पाईने भएकाले उनीहरु त्यसतर्फ आकर्षित भएका हुन् ।
‘अहिले पुरानो सुनका गहना ल्याएर रिफाईन गरी इच्छाअनुसारको गहना बनाउने र नयां सुनको गहना खरीद गर्नेको संख्या लगभग बराबरजस्तै रहेको छ’, बुटबलको मिलन चोकमा रहेको सृष्टि सुनचांदी पसल सञ्चालक प्रेम लाम्वादेले भने । सुनको मुल्य सोध्न पनि नसकिने गरी बढीरहेको छ, नया“ सुन किन्नु साटो, पुराना गहना रिफाईन गरी त्यसमा अलिकता नयां सुन थप्दा आफुले चाहेजस्तो नँया डिजाईनको गहना लाउन पाईने भएकाले यस्मा आकर्षण बढेको शंकरनगरकी सिता खनालले भनिनु ।
नेपालको सुन भारतीयभन्दा गुणस्तरीय हुने भन्दै सिमावर्ती भारतिय ग्राहकहरु पनि सुनका गहनाका लागि भैरहवा आउने गरेका छन् । जिल्लाका भैरहवा, बुटवल र अन्य ठुला नगरउन्मुख तथा ग्रामिण बजारमा गरी २ सय ५० भन्दा बढी सुनचादी पसल रहेका छन् । सुनचादी ब्यबसायी संघ रुपन्देहीका अनुसार अहिले पनि दैनिक २ किलोभन्दा बढी सुनको माग जिल्लामा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से