भट्टराई नेतृत्व सरकारले पार्टीलाई गंभिर असर पुर्याएको बादलको आरोप

५ चैत्र २०६८, आईतवार १८:१७ मा प्रकाशित

काभ्रे, ५ चैत । एकीकृत नेकपा माओवादीका महासचिव राम बहादुर थापा बादलले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्व सरकारले पार्टीलाई असर पु¥याएको बताउनु भएको छ । एकीकृत नेकपा माओवादी सम्बद्ध एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघले काभ्रेको अनैकोट गाविसमा आयोजना गरको प्रतिरोध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको सरकार आफुहरुले आशा गरे भन्दा ठीक विपरीत हिडिरहेको बताउँदै उहाँले सरकार काम चलाउका रुपमा पुगिसकेको ठोकुवा गर्नुभयो । पार्टीभित्र घुसखोरी र नोकरशाही पूजीँपति वर्गहरुको हाबी हुन थालेको भन्दै उहाँले माओवादीको नाममा जनतालाई ठग्ने गतिविधि आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउँनुभयो । महासचिव बादलले शान्ति र संविधान नेपाली जनताको मूख्य आधार रहेको दाबी गर्दै त्यसका लागि माओावादी सेवक भन्न तयार रहेको बताउँनुभयो । एक अर्को प्रसंगमा बादलले सहितहरुको सपना अझै पुरा भइ नसकेकाले फेरी एकपटक सबै जुर्मुाराउनु पर्ने बेला भइसकेको बताउनुभयो । विक्रम संवत् २०५५ साल चैत ५ गते काभ्रेको अनैकोट गाविसका घरमा सुतिरहेका गुम्बा सिंह तामाङ, च्याङबा लामा, चिनीमाया लामा, सुबद्रा सापकोटा, निर्मला देवकोटा, मञ्जु कुवँर र डम्बर श्रेष्ठसहित ७ जना कलाकारहरुलाई प्रहरीले गोली हानी हत्या गरेको दिनको सम्झनामा माओवादीले हरेक बर्ष प्रतिरोध दिवस मनाउदै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट