बोस्टनमा लायन्स तीज सम्पन्न उत्तरालाई नौ हजार डलर प्रदान

१ आश्विन २०६९, सोमबार २१:१२ मा प्रकाशित

कृष्णराज खनाल, वोस्टन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज सात समुन्द्र पारीको यो मुलुकमा हिजो राती अबेरसम्म मनाइयो । हिमालयन लायन्स क्लव, वोस्टनको अग्रेसरतामा आयोजित सो कार्यक्रममा नेपाली पहिरन रातो सारी, चुरा पोते, ब्लाउज र छड्के तिलहरीमा सजिएका झण्डै दुई सय ५० महिलाहरु राती अवेरसम्म विभिन्न किसिमका आधुनिक तीजे गीतमा छमछम गर्दै नाचगान गरेर घर फर्किएका थिए । अमेरिका जस्तो ठाउँमा पनि नाचगान गर्न पाउन् हाम्रा लागि खुसीको कुरा हो, शारदा पन्तले भन्नुभयो ।

तीज कार्यक्रममा यस भेगमा क्रियाशील लायन्स क्लवका स्थानीय पदाधिकारीसमेत नाचमा झुमेका थिए । लायन पेगी चिल भन्छिन् “मलाई नेपालीहरुको यो संस्कृति खुबै मन पर्छ, म विगत तीन वर्षदेखि निरन्तर सहभागी भइरहेकी छु ।”भाइस डिष्ट्रिक गभर्नर लायन पल क्यालनालले क्लवले छोटा समयमा पुस्तकालय भवन तथा उत्तारा घिमिरे कोश जस्ता विभिन्न राम्रा काम गर्र्दै गएकोमा प्रशंसा गनुभयो ।

त्यस अवसरमा वोस्टनमा लामो समयदेखि बस्दै आउनुभएकी क्यान्सर पीडित उत्तरादेवी घिमिरेको उपचारार्थ क्लवले संकलन गरेको नौ हजार तीन सय तेर डलरको चेक क्लवका अध्यक्ष लायन शिव प्रकाशले हस्तान्तरण गर्नुभयो । क्लवले उहाँको नाममा “उत्तरा घिमिरे रिलिफ फण्ड” खडा गरेको थियो ।उक्त अवसरमा उपस्थित सर्वाधिक वृद्ध उमेरकी रेणु राणाले राफल चिठ्ठाका विजयीहरुलाई पुरस्कार प्रदान गनुभएको थियो । त्यसैगरी क्लवका प्रथम उपाध्यक्ष लायन विष्णु कार्कीले गतसालका देउसी-भैलो आयोजकहरु विना राजभण्डारी, धनलक्ष्मी श्रेष्ठ, कल्पना श्रेष्ठ, मुना पाण्डे, लक्ष्मी थापा, सरिता भण्डारी र शान्ती घिताललाई खादा ओढाइ सम्मान गर्नुका साथै प्रमाणपत्र प्रदान गर्नु भयो ।

तृतीय उपाध्यक्ष लायन राम थापा र सदस्य लायन हजुरी सिंहले डिस्ट्रिक पदाधिकारीहरुलाई स्वागत गर्दै नेपाली भादगाउँले टोपी ंउपाहर प्रदान गर्नु भयो भने सचिव सन्तोष सुवेदीले म्यासेच्युसेट्सबाट यस वर्षको मिस नेपाल-अमेरिकामा सहभागी भएकी स्वीकृती खनाललाई क्लवकका तर्फबाट तीनसय पचास डलरक चेक हस्तान्तण गर्नु भयो । एलिसा थापाले संचालन गरेको कार्यक्रममा क्लव ट्यामर लायन आजाद प्रधानले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र