तल्लो तहका कर्मचारीले अनावश्यक दुःख दिएको भन्दै सचिवहरु एक ठाउँमा

५ चैत्र २०६८, आईतवार १८:१७ मा प्रकाशित

काठमाडौ, ५ चैत । मन्त्री तथा युनियनबाट केही सचिवहरुलाई प्रताडित बनाएको भन्दै सचिवहरुको बैठकले दुःख व्यक्त गरेको छ । आज दिउँसो मुख्यसचिव माधव घिमिरेको कार्यकक्षमा बसेको सचिवहरुको बैठकले मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई दुःख दिएको भन्दै त्यस्ता घटनामा एक हुने निर्णय पनि गरेको छ । कानुनभित्र रहेर काम गरिए पनि युनियनका नाममा दिइएका अनावश्यक दबाबप्रति केही सचिवहरुले अडानमा बैठकले ऐक्यबद्धता जनाएको छ । शिक्षा सचिव किसोर थापाले दिन लागेको राजीनामा पनि तत्काल नदिने निष्कर्ष बैठक निकालेको एक सचिवले जानकारी दिए ।  बैठकमा कर्मचारी सरुवाका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव