गण्डक बांध भत्किने खतरा

१ आश्विन २०६९, सोमबार १९:२० मा प्रकाशित

काठमाडौं, १ असोज । अविरल वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढ्दै जाँदा पुनः गण्डक बाँधअन्तर्गतको १२ नं ठोकर भत्किने खतरा देखिएको छ। अहिले नारायणी नदीमा पानीको सतह करिब तीन लाख क्युसेक नाघेको छ। यसरी नै लगातार पानीको बहाव बढ्दै जाने हो भने बाँध फुट्ने खतरा रहेको गण्डक सङ्घर्ष समितिका सहसचिव शैलेन्द्रकुमार गुप्तालाई उद्धृत गर्दै राससले जनाएको छ ।
एक महिनाअघि वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि १२ नम्बर ठोकरको मुख्य अघिल्लो भाग पूर्ण रुपमा क्षति भएको थियो। भारत सरकारले ठोकरमा सामान्य तारजाली र बोरामा बालुवा राख्ने काम मात्र गरेको थियो। क्षति भएको ठोकर भारतले प्रभावकारी रूपमा मर्मत नगरेकाले नदीमा पानीको बहाव बढ्ने हो भने अझै पूर्ण रुपमा क्षति हुने गण्डक सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताए।
बाँध भत्किए नेपालका दर्जन गाउँ तथा भारतका सयौँ गाँउ बाढीको चपेटामा पर्ने निश्चित छ। यसबारे भारतीय सरकारलाई मर्मत काम अझ प्रभावकारी बनाउन पहल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रशासकीय अधिकृत प्रदीपज्योति श्रेष्ठले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय