कैलाली, १ असोज । धनगढी नगरपालिका–१ फुलवारी बसपार्कस्थित दुर्गासिंह कार्कीको घरमा परेवा चोरी गर्न पुगेका एक समूहमध्येका एकको घरको छतबाट खसेर मृत्यु भएको छ । घरवालाले थाहा पाएको आशंकामा छतबाट फाल हानेर भाग्नखोज्दा ११ बर्षीय उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारको लागि सेती अंचल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
यसैगरी काठमाडौं महानगरपालिका–१७ खुशिबु टाउन प्लानिङ डेरा गरी बस्ने रामेछाप घर भएकी १७ वर्षीया मालती बुढाथोकीले आफ्नै कोठामा सिलिङमा सल र डोरीको पासो लगाई आत्महत्या गरेकी छिन् । उनको आत्महत्यासंग जोडिएको आशंकामा सोधपुछको लागि काठमाडौं महानगरपालिका–२९ लैनचौर २८ वर्षीय रुपक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि
उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न
काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा