जो ४० वर्षदेखि निदाएकी छैनन् !

चिकित्सकहरुले उनलाई अस्पतालमा ४८ घण्टासम्म निगरानीमा राखेको बताइन्छ । त्यसक्रममा के पाइयो भने ली सुत्ने त रहेछिन् तर सामान्य मानिसहरु जस्तो होइन । उनी आँखा खोलेरै निदाउने रहिछिन् ।
२० भाद्र २०७८, आईतवार १५:३१ मा प्रकाशित

चीनकी एकजना महिला ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन् ।

रिपोर्ट अनुसार उनले आफ्नो जीवनमा केवल बाल्यकालमा मात्र सुतेकी छन् । आफु ५/६ वर्षको उमेरसम्म मात्र सुतेको र त्यसपछि आफू कहिल्यै पनि नसुतेको उनको भनाई छ ।

लीका पति लिउ सुओक्विन पनि आफूले आफ्नी श्रीमती निदाएको कहिल्यै पनि नदेखेको बताउँछन् । निद्रा नलाग्ने समस्याको समाधानका लागि उनले पत्नीको अनेक ठाउँमा गएर उपचार गरे, विभिन्न औषधिहरु पनि खुवाइयो, तर समस्या २० को १९ भएन । उनको अनिद्राको कारण पनि पत्ता लाग्यो । केही समय अगाडि बेइजिङको एक अस्पतालमा गरिएको वृहत परीक्षणका क्रममा डाक्टरहरुले उनको त्यो बिमारीको कारण पत्ता लगाएका हुन् ।

चिकित्सकहरुले उनलाई अस्पतालमा ४८ घण्टासम्म निगरानीमा राखेको बताइन्छ । त्यसक्रममा के पाइयो भने ली सुत्ने त रहेछिन् तर सामान्य मानिसहरु जस्तो होइन । उनी आँखा खोलेरै निदाउने रहिछिन् । अर्थात् अन्य मानिसहरुजस्तो निदाउने बेलामा उनको आँखा बन्द नहुने रहेछ । र, उनको निद्रा पनि निकै हल्का र छोटो समयमा सकिँदो रहेछ ।

अस्पतालमा निगरानीमा राखेकै बेला आफ्नो पतिसँग कुराकानी गरिरहेको बेला ली को आँखाको नानी केही खुम्चिएको डाक्टरहरुले देखे । उनले केही कुरा गरिरहेकै थिइन्, आँखा खुल्लै थियो । तर त्यो वास्तवमा उनी निदाएको अवस्था थियो । आँखा खुल्ला भए पनि उनको मस्तिष्क र शरीरका अन्य अंग भने निद्राको अवस्थामा भएका व्यक्तिको जस्तै हुन्थे ।

ली ले २४ घण्टामा १० मिनेटभन्दा धेरै समय आँखा बन्द नगर्ने रहेछिन् । उनको अनौठो जैविक अवस्थाकै कारण ४० वर्षदेखि नसुतेको उनको दाबी सामान्य रुपमा सत्य नै सावित हुने डाक्टरहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले

आजको प्रमुख समाचार