आपराधिक योजना बनाउने ‘रंगेहात’ पक्राउ

१ आश्विन २०६९, सोमबार १७:२६ मा प्रकाशित

धनुषा, १ असोज । सिनुरजोडा–६ बस्ने ४० वर्षीय पुलकित यादवले हातहतियार सहित केही व्यक्तिहरुलाई आफ्नो घरमा राखी आपराधिक कार्य गर्नको लागि योजना बनाइरहेको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले निजको घरबाट विभिन्न हतियार बरामद गरी ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पुलकित यादव, सिनुरजोडा–६ बस्ने २१ वर्षीय दीपेन्द्र यादव, सोही ठाउँ बस्ने १८ वर्षीय रन्जनकुमार यादव र सिनुरजोडा–८ बस्ने ३२ वर्षीय सिद्धार्थ सिंह रहेका छन् ।

प्रहरीले मेड इन युएस लेखेको सिक्सर पेस्तोल, त्यसको म्यागजिन ३ थान, कटुवा पेस्तोल १ थान, नौ एमएमको गोली ६ राउण्ड, ७.६५ एमएमको पेस्तोलको गोली ३ राउण्ड र थ्रीनटथ्री राइफलको गोली १ राउण्ड बरामद गरेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको