संविघान निर्माण र शान्ति प्रक्रिय निष्कर्समा पुर्याउन मधेसी मोर्चाले दवाव मुलुक भूमिका खेल्ने

५ चैत्र २०६८, आईतवार १८:१५ मा प्रकाशित

काठमाडौ, ५ चैत । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शान्ति र संविधानका लागि निर्णायक भूमिका खेल्ने भएको छ । समायोजनका विषयमा रहेको गतिरोध अन्त्यकोलागी मोर्चा सम्बद्ध सबै पक्षसँग बार्ता गरेर सहमतिका विन्दु पहिल्याउन पहल गर्ने निर्णय गरेको तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।
मोर्चाको आज बसेको बैठकले संघियता विनाको संविधान मान्ने नहुने स्पष्ट पार्दै संघीयता  , पहिचान र समावेशी राज्य संरचना मोर्चाको न्यूनतम राजनीतिक सीमा भएको किटान गरेको छ ।
त्यसैगरी बैठकले संघीयता विरोधी षडयन्त्रलाई दृष्टिगत गर्दै  देश भरीका सम्पूर्ण संघीयता पक्षधर राजनीतिक शक्तिहरुसँग एकता र सहकार्यकोलागी आब्हान पनि गरेको छ । त्यसैगरी निर्धारित समयभित्रै संघीयता पहिचान र समावेशी राज्य संरचना सहितको संविधानकालागी चैत १८ गते राजधानीमा आमसभा गर्ने निर्णय पनि गरेको छ ।
देशका अन्य भागमा पनि आम सभा गर्ने निर्णय गरे पनि आगामि बुधवार बस्ने बैठकले सो सम्बन्धी निर्णय लिने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर