मदन पुरस्कार घोषणा

१ आश्विन २०६९, सोमबार १७:१५ मा प्रकाशित

काठमाडौं, १ असोज । साहित्यकार अमर न्यौपाने मदन पुरस्कारबाट सम्मानित भएका छन् । ‘नेपालको नोवल साहित्य पुरस्कार’का रुपमा समेत चर्चा हुने गरेको मदन पुरस्कार न्योपानेको ‘सेतो धरती’ नामक कृतिका लागि प्रदान गरिने घोषणा भएको हो । त्यस्तै संशोधन मण्डललाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीले जनाएको छ। इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका क्षेत्रमा ६० वर्ष लामोसमय सेवा गरेवापत उनलाई यो पुरस्काराबाट सम्मान गरिने निर्णय भएको हो। दुबै पुरस्कार २-२ लाख रुपियाँको रहेको छ।
सोमबार बसेको गुठीको साधारण सभाले २०६८ सालको मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको घोषणा गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका