बलात्कारका कारण गुम्यो ५ वर्षिया बालिकाको मानसिक सन्तुलन

१ आश्विन २०६९, सोमबार १७:०८ मा प्रकाशित

काठमाडौं, १ असोज । डोटी जिल्लाको उत्तरपश्चिम क्षेत्रमा पर्ने तोलेनी गाविसमा ५ वर्षीया बालिकामाथि यौन दुराचार गरेर फरार रहेका आरोपीलाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी डोटीले बलात्कार आरोपमा बोहरा थरका युवकलाई जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । घटनापछि मुडभरास्थित मामाघरमा लुकेर बसेका बोहरालाई घटना सेलाएको सम्झी घर फर्किरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बताइएअनुसार बलात्कारपछि पीडित बालिकाको मानसिक अवस्था खल्बलिएको छ ।
जिल्ला अस्पतालले बालिकामाथि बलात्कार भएको पुष्टि गरेको अल्पकालीन सेवा केन्द्र डोटीकी संयोजक मीना आउजीले बताइन् । पीडितलाई सेवा केन्द्रमै राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज