पुल भत्किंदा आवागमन ठप्प

१ आश्विन २०६९, सोमबार १६:५७ मा प्रकाशित

काठमाडौं, १ असोज । अविरल वर्षाका कारण पूर्व पश्चिम लोकमार्गको नवलपरासीको प्रगतीनगरबाट कावासोती खण्डमा पर्ने लोकाहा पुल भत्किएको छ । सोमबार बिहानै पुल भत्किएसँगै पूर्वपश्चिम राजमार्गमा साना सवारीबाहेकका आवागमन ठप्प भएको छ ।
तीनवर्ष अघिदेखि भत्किएको पुल मर्मत नभएका कारण पुल एक्कासी भासिएर चर्किएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भई आवागमन ठप्प भएको हो । राजमार्ग अवरुद्ध भएपछि आवतजावतका लागि कुनै पनि बैकल्पीक बाटो नहुँदा पूर्वबाट पश्चिम जाने र पश्चिमबाट पूर्व आउने यात्रु र सवारी साधनहरु अलपत्र परेका छन् ।
वैकल्पीक मार्ग निर्माणका लागि वुटवलबाट सडक डिभिजन कार्यालयको टोली आएको छ । तत्कालका लागि अस्थायी डाईभर्सन तयार गरी यातायत सुचारु गरिएको कावासोती प्रहरीले जनायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।