रुबेला नियन्त्रणका लागि खोप अभियान सुरु

१ आश्विन २०६९, सोमबार १६:०७ मा प्रकाशित

रुपन्देही, १ असोज । रुपन्देहीमा आज सोमबारदेखि यस महिनाको २९ गतेसम्म दादुरा–रुवेला रोग नियन्त्रणका लागि खोप अभियान संचालन भएको छ । जिल्लामा चार चरणमा खोप अभियान संचालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले दादुरा–रुवेला बिरुद्ध खोप र बालबालिकालाई पोलीयो थोपा पनि सगैं खुवाउने भएको छ । यो अभियानको सुरुवात आइतबार वसन्तपुर प्राथमिक उपचार केन्द्रबाट सुरु भएको छ । दादुरा रुवेला खोप अभीयानबारे जानकारी दिदै जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वर श्रेष्ठले नौ महिनादेखि १५ बर्ष उमेरका ३ लाख २० हजार ९ सय ९ बालबालिकालाई रुवेला–दादुरा बिरुद्धको खोप लगाईने तथा ५ बर्ष मुिनका १ लाख २९हजार बालबालिकालाई सगै पोलियो थोपा पनि खुवाईने बताउनुभयो । पहिलो चरणमा असोज १ देखि १० गतेसम्म ३१ वटा गाविसमा, दोश्रो चरणमा असोज ११ देखि १४ सम्म सिद्धार्थनगर नगरपालिकामा, तेश्रो चरणमा असोज १५ देखि १९ सम्म बुटवल नगरपालिकामा र चौथो चरणमा असोज २१ देखि २९ सम्म ३८ गाविसमा खोप अभियान संचालन गर्ने तयारी जनस्वास्थ्य कार्यालयले

गरेको छ । विश्व स्वास्थ्य संगठनका डा. विनोद गुप्ताले नेपालमा २००४ मा पहिलोपटक दादुराकै लक्षण रहेको रुवेला रोगको पहिचान भएपनि सोविरुद्धको खोप कार्यक्रम भने पहिलोपटक हुन लागेको जानकारी दिए ।

– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित