१० गतेभित्र ‘माओवादीभित्रका भ्रष्ट’ सार्वजनिक गरिने शेरचनको दाबी

१ आश्विन २०६९, सोमबार १५:५२ मा प्रकाशित

काठमाडौ, १ असोज । एकीकृत नेकपा माओवादीभित्र भएको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक एवम स्थायी समिति सदस्य अमिक शेरचनले आगामी १० गते भित्रमा पार्टीभित्र भएको भ्रष्टाचारकोे यथार्थ विवरण सार्वजनिक गर्ने तयारी भइरहेको खुलासा गरेका छन् । राजधानीमा सोमबार आयोजित साक्षात्कारमा उनले असोज ३ गतेसम्म परेका उजुरीको छानविन सकिने जानकारी दिंदै त्यसको विश्लेषण गरेर असोज १० गते भित्र सार्वजनिक गरिने बताए । पार्टीभित्र भ्रष्टाचार भएको स्वीकार गर्दै शेरचनले जम्मा ६५ वटा उजुरी परेकोमा २० वटा सुझाव मात्रै भएको भन्दै तल्लो र माथिल्लो तहका नेताहरुविरुद्ध बराबरी उजुरी परेको जानकारी दिए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष प्रचण्ड भ्रष्टाचारी भएकोले जेल हाल्नुपर्ने भनि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने– ‘माधवजीसँग प्रमाण भए अख्तियारमा उजुरी गरे भइहाल्छ नि, किन बाहिर भनिरहनु ?’
पार्टी विभाजनपछि सम्पत्ति बाडफाडमा उत्पन्न विवादका विषयमा ३० प्रतिसत केन्द्रीय सदस्य रहेकोले त्यती नै सम्पत्ति दिने प्रस्तावमा छलफल भइरहे पनि कुरा मिल्न नसकेको उल्लेख गर्दै ४० र ६० को अनुपातमा सम्पत्ति बाडफाडको विवाद मिल्ने विश्वास ब्यक्त गरे । उनले भने– ‘उहाँहरुको समेत मेहनतमा सम्पत्ति जोडिएको हो त्यसैले उहाँहरुले पनि भाग पाउनु न्यायोचित हुन्छ । उहाँहरुले पाउनै पर्छ ।’
राजनीतिक गरिरोधको अन्त्यको लागि संविधानसभाको पुनःस्थापनाको विकल्प नभएको उल्लेख गर्दै शेरचनले सहमतिमा संविधान जारी गर्न वा नयाँ निर्वाचनमा जानका लागि पनि संविधानसभाको पुनःस्थापनाबाहेक अर्को बाटो नभएको बताए । उनले विगतमा पनि संसद पुनःस्थापनाको राजनीतिक नजीर कायम रहेकोले अहिले पनि दलहरुले पार्टीगत स्वार्थबाट पछि हटे सहमति बन्ने विश्वास ब्यक्त गर्दै दलहरुलाई सहमतिको विकल्प नखोज्न आग्रह गरे ।
संविधानका मिल्न सक्ने विषयमा सहमति कायम गरेर संक्षिप्त संविधान जारी गरी बाँकी विवादित विषय नयाँ संसदले टुङग्याउने गरी निकास निकाल्न सकिने भन्दै मंगलबारदेखि निरन्तर छलफल गरेर सहमति भएका विषयलाई समेटेर संविधान जारी गरेर नयाँ निर्वाचनमा जाने सम्भावना ब्यक्त गरे । उनले असोज १० गतेसम्ममा सहमति बन्ने दाबी पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल