एमाओवादीभित्र गुटबन्दी : आफ्नो ‘हत्या गर्न खोज्ने’लाई जम्कट्टेलले हाले मुद्दा

१ आश्विन २०६९, सोमबार १४:५६ मा प्रकाशित

काठमाडौं, १ असोज । पार्टी फुटेको तीन महिना पनि नपुग्दै एकीकृत नेकपा माओवादीभित्र गुटबन्दी चर्किएको खुलासा भएको छ । केही दिनअघि मात्रै भातृसंस्थाको अधिवेशन आन्तरिक विवादकै कारण स्थगित गर्न पुगेको एमाओवादीका प्रचण्ड पक्षधरका रुपमा चिनिएका मजदुर नेता शालिकराम जम्कट्टेलले आफूलाई मार्ने नियतले केही वर्षअघि गम्भीर आक्रमण गर्ने पाँचजनालाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि सो पार्टीभित्रको झगडा सतहमा आएको हो ।

२०६८ भदौ १० गते साँझ पौने ७ बजे काठमाडौं बबरमहलमा चारजनाको आक्रमणमा परेका तत्कालीन माओवादी मजदुर संघका अध्यक्ष जम्मरकट्टेलले आइतबार सर्वोच्चमा दोषीको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदर माग गर्दै रिट दर्ता गरेका हुन्। जम्मरकट्टेलले अधिवक्ता मुकुन्द न्यौपानेको वारेसनाममा आइतबार रिट दर्ता गर्दै सरकारको साउन २ गतेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ। जम्मरकट्टेलले रिटमा सरकारले आफूलाई आक्रमण गर्ने चारजनाको मुद्दा साउन २ गते फिर्ता लिने निर्णय गरी महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत आदेशका लागि पठाएको दाबी गरेका छन्। आक्रमणका क्रममा टाउकोमा गम्भीर चोट लागि नर्भिकमा लामो समय उपचार गराएका जम्मरकट्टेलको जाहेरी अनुसार घटनाका दोषी रमेश भन्ने तारानिधि पन्त, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी, नवीन भन्ने सुदिप कार्की र इन्द्रबहादुर शाही ठकुरीको मुद्दा राजनीतिक भन्दै फिर्ता लिन लागेको रिटमा दाबी गरिएको छ।

पन्तबाहेक घटनामा संलग्न सबै काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश अनुसार ज्यान मार्ने उद्योगको मुद्दामा २०६८ मंसिर ४ गतेदेखि थुनामा छन्। घटना भएलगत्तै फरार रहेका पन्त भने २०६९ साउनमा अदालतमा बयानका लागि उपस्थित हुँदा उनलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। जिल्ला अदालतको थुनामा नराखी धरौटीमा छोड्ने आदेशविरुद्ध जम्मरकट्टेलले पुनरावेदन अदालत पाटनमा हालेको मुद्दा विचाराधीन छ।

जम्मरकट्टेलले पन्तसहितका दोषीको मुद्दा फिर्ता लिन एकीकृत माओवादीले सिफारिस गरी मन्त्री परिषद्ले निर्णय गरेको उल्लेख छ। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कानुन तथा न्याय मन्त्री, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं जिल्ला अदालत र जम्मरकट्टेलको आक्रमणमा संलग्न पन्त, पुडासैनी, बुढाथोकी, कार्की र ठकुरीलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल