बाटो विस्तारको कामलाई निरन्तरता दिन विकास समितिको निर्देशन

५ चैत्र २०६८, आईतवार १८:११ मा प्रकाशित

काठमाडौ, ५ चैत । व्यवस्थापिका संसदको विकास समितिले काठमाण्डू उपत्यकामा भएको सडक विस्तार कार्यलाई निरन्तरता दिन तथा सडक विस्तार गर्दा प्रचालित कानून अनुसार क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरबारमा आज बसेको बैठकले सडक विस्तारका लागि भत्काइएका संरचना पुर्ननिर्माणको कार्ययोजना अबिलम्ब बनाउनपनि सरकारलाइ भनेको छ । विकास समितिले देशका सबै शहरी र नगर क्षेत्रमा वस्ती विकासको संभावनालाइ हेरेर पुर्वाधार र गुरुयोजना निर्माण गर्न सरकारलाइ निर्देशन दिने निर्णय गरेको सभापति जितेन्द्र सोनले जानकारी दिनुभयो । बैठकमा भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठीले राजधानीमा भइरहेको सडक विस्तारको काम जारी रहने र विस्तारमा समितिवाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले निजि सम्पत्ति भत्काउनु अगावै कानून सम्मत क्षतिपूर्ती दिने निर्णय भइसकेकोले क्षतिपूर्ती दिनेमा आशंका नगर्न आग्रह गर्नुभयो । सभासदहरुले पनि सरकारले सुरु गरेको सडक विस्तार अभियान सकारात्मक भएको बताउदै कानून अनुसार क्षतिपूर्ती दिनुपर्ने बताएका थिए । विकास समितिले मापदण्ड विपरित नक्सा पास गर्ने स्थानिय निकायका प्राविधिकलाई कसरी कार्वाही गर्नपनि निर्देशन दिएको छ । विकास समितिले काठमाण्डूलाई तराइसंग जोडने फाष्ट ट्रयाकको प्रगतिवारे स्थलगत अवलोकन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको