सवारी दुर्घटनाका कारण पृथ्वीराजमार्ग अवरुद्ध

१ आश्विन २०६९, सोमबार ०८:१९ मा प्रकाशित

काठमाडौं, १ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाविस स्थित ४ किलोमा सोमबार बिहान पौने सात बजेतिर विपरित दिसाबाट गुडिरहेको ट्रिपर र दुध ढुवानी गर्ने ट्यांकर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्यांकर चालकको घटनास्थलमै मृत्यु भएको छ । सडकको बीचमै दुर्घटना भएकाले केही बेरदेखि पृथ्वी राजमार्ग अवरुद्ध छ ।
काठमाडौंबाट बैरेनीतर्फ गइरहेको ट्रिपरले गजुरीबाट काठमाडौंतर्फ दुध बोकेर आउंदै गरेको बा १ क ८४६६ नम्बरको ट्यांकरलाई ठक्कर दिंदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
ट्यांकर चालकको सिटमै च्यापिएर मृत्यु भएको छ । ट्यांकरका खलासी गम्भिर घाइते रहेको प्रहरी जनाएको छ । ट्रिपरमा सवार भने सकुशल छन् । दुर्घटनाको समयमा सिमसिम पानी परेकाले तिव्र गतिका कारण ब्रेक नलागेर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र