उपप्रधानमन्त्रीले आज चिनीयां प्रधानमन्त्री भेट्ने

१ आश्विन २०६९, सोमबार ०८:१४ मा प्रकाशित


काठमाडौं, १ असोज । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी शनिबार चीन भ्रमणमा निस्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बेइजिङमा चिनिया उच्च नेताहरूसँग भेटवार्ता गर्न लागेको बताइउको छ । स्रोतका अनुसार चिनीयां प्रधानमन्त्री वेन जियावाओ वा परराष्ट्रमन्त्री याङ जेइचीसँग आज उनको भेटवार्ता हुंदैछ। श्रेष्ठले हिजो आइतबार चिनिया उप विदेशमन्त्री फु यिङसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा द्विपक्षीय सम्बन्धबारे छलफल भएको श्रेष्ठले जनाएको स्रोतको कथन छ । उच्च नेताहरूसँगको भेटवार्ता पहिले भएका सहमति कार्यान्वयनमा केन्द्रीत हुने पनि उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन्।
उपप्रधानमन्त्री भएपछि दोस्रो पटक चीन भ्रमणमा गएका श्रेष्ठको प्रतिनिधिमण्डलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा एकीकृत माओवादीका सल्लाहकार नरबहादुर कर्माचार्य, पोलिटब्यूरो सदस्य निनु चापागाईं तथा परराष्ट्र र पर्यटन मन्त्रालयका सहसचिव लगायत सहभागी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल