दरबन्दी अनुसारका डाक्टर नहुंदा बिरामीको उपचारमा समस्या

१ आश्विन २०६९, सोमबार ०८:०२ मा प्रकाशित

भैरहवा, १ असोज । भीम अस्पताल भैरहवामा दरबन्दी अनुसारका डाक्टर नहुदा बिरामीको उपचारमा समस्या भएको छ । ४७ सैयाको जिल्ला अस्पताल भैरहवामा बालरोग र महिला रोग विशेषज्ञेको दरबन्दी भएपनि डाक्टर नहुदा सो समन्धी सेवा प्रभाबित भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन डा. मनोहर जोशीले बताए ।
‘पटक–पटक सरकारसंग माग गरेका छौं’, अस्पताल बिकास समितिका अध्यक्षलाई पनि लगेर गरेकाहो सुनुबाई नै भएका उनले भने । अस्पताल विकास मितिका अध्यक्ष वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्रीका पार्टीका नेता आनन्द प्रसाद गुप्ता हुन ।
सरकारले भैरहबास्थित भिमअस्पतालमा डाक्टरको दरबन्दी महिला तथा बाल रोग बिशेषज्ञलाई पठाए पनि उनि भैरहबानआई काठमाडौ काजमा बसेको अस्पतालले जनाएको छ । ६ जनाको दरबन्दी रहेको अस्पतालमा २ जनामात्र रहेका छन । ५ जनाको एकैपटक सरकारले सरुवा गरिदिएपछि यो अवस्था आएको मेसु डा. मनोहर जोशीले बताए ।
जिल्ला अस्पताल भैरहबामा दैनिक १ सयभन्दा बढी बिरामी आउने गरेको अस्पतालमा पुरुषभन्दा महिला बढीआउने गरेको अस्पतालले जनाएको छ । भारतको सिमादेखी भैरहबाका बिरामी आउने अस्पतालका मेडिकल रेकडर सर्बजीत बरईले बताए । अस्पतालमा महिला रोग बिशेषज्ञेको दरबन्दी पनि खाली रहेको छ गतबर्ष सरुबा भएकीबालरोग बिशेषज्ञ बिना प्रजापति मानन्धर काठमान्डौको कान्तिमा काजमिलाएका गएकि छन । त्योमात्र नभई अस्पतालमा ३ स्टापनर्स २ अनमि लगाएतको दरबन्दीपनि खाली रहेको अस्पतालका नासु गोबिन्द ज्ञाबलीले बताए । भीम अस्पताल भैरहवामा अर्को समस्या पनि रहेको छ अस्पतालमा सरकारी डाईबर छ तर गाडिछैन लेखाको अफिस छ लेखापाल छैन अस्पतालको प्रशासन र लेखाको काम नासुले नै गर्ने गरेको छन् तर चेकमा सहि गर्न भने कोलेनीकाका कर्मचारी आउने उनले बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस