प्रचण्ड पुत्र दाहालद्वारा सगरमाथा आरोहण लागि २ करोड रुपैयाँ नलिने घोषणा

५ चैत्र २०६८, आईतवार १८:०९ मा प्रकाशित

काठमाडौ, ५ चैत । लिने भनेको एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललगायतको सगरमाथा आरोहण टोलीले सरकारले दिने भनेको २ करोड रुपैँया नलिने भएको छ । आज माओवादी पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्दै यो रकम आफूहरु नलिने तर द्वन्द्ध पीडितहरुका लागि खर्च गर्न सरकारलाई भन्ने अभियानका संयोजक कृष्ण केसीले बताउनुभयो । साथै विभिन्न पक्षले रकम लिनेबारे विरोध गरेकोमा चिन्ता लागेको जनाउँदै यो यात्रा सोखको लागि मात्र नभएको बुझ्न पनि उहाँले आग्रह गर्नुभयो । सर्वत्र आलोचना हुन थालेपछि सरकारले दिने रकम नलिएको हो । रकम फिर्ताका माग गर्दै विभिन्न पक्षबाट आज पनि विरोध भने भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो