रुपन्देही मालपोतमा लक्ष्यभन्दा बढी राजश्व संकलन

१ आश्विन २०६९, सोमबार ०७:५३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १ असोज । मालपोत कार्यालय रुपन्देहीले आर्थिक बर्ष ६८–६९ मा २१ करोड ४० लाख ७२ हजार २ सय १ रुपैया संकलन गरेको छ । कार्यलयले आर्थिक बर्षमा १५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६ करोड ४० लाख ७२ हजार २ सय १ रुपैया बढी संकलन गरेको मालपोत कार्यलय रुपन्देहीले जनाएको छ ।
जग्गा खरिद बिक्रिको कारोबार बढी नभएपनि सरकारले जग्गा घर लगाइको बर्षेनी मुल्यांकनमा बृद्धि गर्ने भएकोले राजस्वमा बृदि भएको कार्यलयले जनाएको छ । कार्यलयले सो आर्थिक बर्षमा ३५,८४२ बटा रजिस्ट्रेशन दर्ता भएको र रजिस्ट्रेशनवापत १९ करोड २३ लाख ९९ हजार ३ सय ९६ रुपैया अन्य प्रशासनिक र राजस्ववापत २ करोड १६ लाख ७२ हजार ८ सय ५ रुपैया संकलन गरेको मालपोत कार्यलय रुपन्देहीका प्रमुख शंकर सुबेदीले बताए । अर्काेतर्फ सरकारलाई ३० लाख भन्दा बढीको कारोबार गर्दा जग्गा बिक्रीबालले पनि ५ प्रतिसद करतिनु पर्दछ त्यसकारण पनि राजस्वमा बृद्धि भएको उनले बताए । घरजग्गाको कारोबारमा अत्याधिक कमिआएको बताउदै उनले बैकले लगानी गर्ननखोज्नु र रेमिट्यान्समा पनि कमिभएको कारणले बिक्री कमिआएको बताएका छन ।
६९ गाविस र २ नगरपालिका रहेको यस जिल्लामा अघिल्लो बर्ष ६७–६८मा जम्मा १९ करोड ३३ लाख ११ हजार ३ सय रुपैया संकल गरेको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार