नवलपरासी, १ असोज । नवलपरासीको ग्रामीणक्षेत्र बडहरा दुवौलियामा औषधी पसलसन्चालन गर्दै आएका एक चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट लागु औषध फेन्साडिल ल्याएर बडहरा दुवौलिया गाविस वडा नम्बर ३ मा रहेको औषधि पसलबाट बिक्री गर्ने गरेको भन्दै गोबरहिया प्रहरी चौकीले चिकित्सक छोटेलाल यादवलाई नियन्त्रणमा लिएको हो । यादवको औषधी पसलबाट प्रहरीले एक सय मिलिलिटरको १२ सीसीमा रहेको फेन्साडिल बरामद गरेको छ । औषधि पसलमा लागु औषधी बिक्री हुने गरेको भन्दै थाहा पाएपछि सुराकीको आधारमा उनलाई पक्राउ गरिएको गोबरहिया प्रहरी चौकीका असई तामलाल बेलबासेल बताए । पक्राउ परेका चिकित्सक यादवलाई गोबरहिया प्रहरीचौकीको नियन्त्रणमा राखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या
चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ
गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई