कलेज बंक गर्ने विद्यार्थीमाथि प्रहरी निगरानी सुरु

१ आश्विन २०६९, सोमबार ०७:५१ मा प्रकाशित


काठमाडौं, १ असोज । कलेज बंक गर्ने विद्यार्थीहरुमाथि ट्राफिक प्रहरीले काठमाडौंमा विशेष अपरेशन सुरु गरेको छ । कलेज बंक गर्नेहरुलाई समातेर अभिभावकको जिम्मा लगाउने यस अभियानअन्तर्गत भक्तपुरको सल्लाघारीमा यस साता गरेको अपरेशनमा १२ जना विद्यार्थी पक्राउ परेका थिए ।
घरबाट कलेज जान भनी हिंडेका विद्यर्थीमध्य कोही कलेज पोशाकमै चलचित्र हेर्न त कोही घुम्न जान लागेको अवस्थामा बिहानै पक्राउ परेका प्रहरीले जनाएको छ । पढाई छोडर अनेक विकृतिजन्य कार्यमा विद्यार्थीहरु बरालिने क्रममा बढोत्तरी देखिएपछि यस्तो अपरेशन थालिएको प्रहरी प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको