‘मितव्ययी’ प्रधानमन्त्रीले गरे फजुल खर्च

१ आश्विन २०६९, सोमबार ०७:४६ मा प्रकाशित

काठमाडौं, १ असोज । आफूलाई पारदर्शिता र सुशासनको हिमायती भन्न रुचाउने प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचारका लागि राज्यको ढुकुटीबाट लाखौं रुपैयां खर्च गरिरहनुभएको छ । महिनाको अन्तिममा जनताको घरमा जाने नाममा प्रधानमन्त्रीले लाखौं रुपैयां सिध्याउनुभएको हो ।
सशस्त्र द्वन्द्वका समयमा राज्यबाट पिडित बनेका भनिएका जुम्ला तातोपानी रांकाका मानबहादुर सार्कीको घरमा बास बस्न जांदा मात्रै प्रधानमन्त्री डा. भट्टराईले कम्तीमा १५ लाख रुपैयां खर्च गर्नुभएको बुझिएको छ । प्रधानमन्त्रीको टोली सेनाको एमआई–३८ हेलिकप्टरबाट जुम्ला पुगेको थियो । सेनाले उक्त हलिकप्टरको घण्टाको तीन लाख रुपैयां भाडा लिने गरेको स्रोतको कथन छ । काठमाडौंबाट सुर्खेत हुंदै जुम्ला पुग्न हेलिकप्टरबाट कम्तीमा २ घण्टा लाग्छ ।
प्रधानमन्त्री बन्नेवित्तिकै मुस्ताङ गाडी चढेर चर्चामा आउनुभएका प्रधानमन्त्री भट्टराईले आफन्तहरुलाई विभिन्न लाभका पदमा नियुक्त गरेर अनियमितता गरेको आरोपसमेत विपक्षी दलका नेताहरुले लगाउंदै आएका छन् । जनताका घरमा जाने र तिनका कुरा सुन्ने नाममा यसरी लाखौं फजुल खर्च गरेर जनता र राज्यले के उपलब्धि पाउने हो भन्ने कुराको भने कुनै ग्यारेन्टी नभएको नागरिक समाजको आवाज छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका