अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर

१ आश्विन २०६९, सोमबार ०७:४३ मा प्रकाशित

काठमाडौं, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलिेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको मुद्दा दायर गरेको छ । डडेल्धुराका विभिन्न सामुदायिक बनको फंडानीमा संलग्न भएको आरोपमा सहसचिवलगायत बनका ११ कर्मचारी र सामुदायिक बनका १ सय ८५ जनाविरुद्ध ४३ करोड ४६ लाख १४ हजार ३ सय ७२ रुपैयां बिगो बराबरको मुद्दा दायर गरिएको हो ।
तत्कालीन सुदूरपश्चिम बन निर्देशक नित्यराज पौडेलसहित तत्काली डिएफओ कृष्णप्रसाद वस्ती र धनीचन्द्र ठकुरीका साथै सहायक अधिकृतहरु राधे साह, भोला चौधरी, देवचरण यादव, सुधीर सिंह, वुद्धिराज भट्ट, राम खकुरेल, राम चौधरीलगायतका विरुद्ध मुद्दा दर्ता गरिएको हो । सहसचिव पौडेल अहिले पनि बन विभागअन्तर्गत सामुदायिक शाखा प्रमुख छन् भने वस्ती हालै सिन्धुपाल्चोकबाट दोलखाको डिएफओमा सरुवा भएका छन् ।
यो मुद्दा अहिलेसम्मकै सबभन्दा ठूलो मुद्दा भएको अख्तियारका प्रवक्ता इश्वरीप्रसाद पौडेलले दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका