नेपाल लोकतान्त्रिक मञ्च कतारद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१ भाद्र २०६९, आईतवार २१:४३ मा प्रकाशित

दिल किरण परघरी खजुम, कतार । नेपाल लोकतान्त्रिक मञ्च केन्द्रीय कमिटी दोहा कतारको आयोजनामा “वर्तमान समसामयीक विषयक अन्र्तक्रिया कार्यक्रम” आली सान होटलमा सम्पन्न गरेको छ ।

सो कार्यक्रम ने.क.पा.(एमाले) का वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री श्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त अन्र्तकृया कार्यक्रम मञ्चका अध्यक्ष श्री दिल किरण खजुमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव श्री छविलाल प्युठानीले सञ्चालन गर्नु भएको थियो ।

अतिथीहरुमा मञ्चका उपाध्यक्ष चानक पोखरेल, गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.वी. कार्की, मञ्चका सचिवालय सदस्य तथा संस्थापक अध्यक्ष श्री कमल मणि गुरागाईं, पुर्व अध्यक्ष श्री नरेश श्रेष्ठ, सचिवालय सदस्य तथा निवर्तमान अध्यक्ष श्री रामहरी गैह्रे, गैर आवसिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य श्री अजीजुर रहमान शेख, गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री अमृत गुरुङ, गैर आवसिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान उपाध्यक्ष श्री सागर नेपाल, गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार संयोजक श्री मक्सुद आलम, उपत्यका समन्वय कमिटीका आर्थिक विभाग सदस्य श्री सरोज पोखरेल, नेपाल मुस्लिम ईतेहाद संगठन केन्द्रीय सदस्य श्री महम्मद सिद्धिकी, नेपाल मुस्लिम ईतेहाद समाज कतारका सचिव श्री मुनाफ मीया, नेपाल उत्पीडित जातिय मुक्ति समाज, कतारका उपाध्यक्ष श्री गणेश परियार शिवा, नेपाल लोकतान्त्रिक मधेसी मञ्च कतारका अध्यक्ष श्री राम सागर मेहता, जनसंगीत मञ्च शाखा, कतारका अध्यक्ष श्री छविरमण कटुवाल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति मञ्च कतारका सदस्य श्री जगन गुरुङ नेपाल प्रवासी श्रमिक संघ कतारका अध्यक्ष श्री ढाल सिंह वेपत्ता मगर र नेपाल लोकतान्त्रिक मञ्च कतार निवर्तमान सल्लाहकार श्री के.वी. हमाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको औपचारिक उदघाटन व्यानर अनावरण र दिप प्रज्वलन गरी प्रमुख अतिथी ने.क.पा. (एमाले) का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री श्री माधव कुमार नेपालले उदघाटन गर्नु भएको थियो । सहिदहरु प्रति १ मिनेट मौनधारण गरि शुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभवहरुवाट राष्ट्रिय गान गाएर औपचारिक रुपमा कार्यक्रम प्रारम्भ भएको थियो । कार्यक्रममा मञ्चका उपाध्यक्ष श्री चानक पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने जनसंगीत मञ्च शाखा कतारका कलाकारहरुले आज हामी स्वागत गर्छौ शान्ति ल्याउँने वुद्धहरुलाई देशको लागि ज्यान दिने वीर शहिद योद्धाहरुलाई भन्ने गीतवाट उपस्थित महानुभवहरुलाई स्वागत गरेका थिए ।
अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी नेपालले मुलुककमा चार वटा शक्तिहरु रहेको उल्लेख गर्दै माओवादी उग्रवामपन्थी, नेपाली काँग्रेस यथास्थितीवादी, मधेसवादी दल विखण्डनवादी र एमाले परिवर्तकारी शक्ति हो भन्नु भयो । माओवादीको सत्ता कव्जा गर्ने धम्की मात्र हो कस्ता कस्ता तानशाहको अन्त्य भएको ईतिहास जिउँदो छ माओवादीले दिवा सपना नदेखे हुन्छ । उहाँले चुनौती दिनु भयो, “नेपाली जनताले चाहे भने त्यस्ता तानशाहलाई वडारेरै छाड्ने छन् । अरुले खुट्टा कापी रहेको वेला एमालेले संसदको वैठकमा श्रीपेच लाने कुरा ईन्कार गरेका थियौं गणतन्त्रको पक्षमा शुरुवात गरेको यो पहिलो क्रान्ति थियो ।” एमालेले गणतन्त्रको पक्षमा सवै भन्दा पहिले निर्णय गरेको र गिरीजावावुलाई पनि आफुले गणतन्त्रको पक्षमा आहवान गरेको स्मरण गराउँदै अनि मात्र गणतन्त्रको पक्षमा लहर वनेको दावी गर्नु भयो । सिद्धान्त निष्ठ पार्टीले मात्र ईतिहास निर्माण गर्न सक्छन् त्यो एमाले हो जसले नेपाली जनताको पक्षमा लामो समय देखि संघर्ष गरी रहेको दावी गर्नु भयो ।
अर्का प्रसंगमा प्रमुख अतिथी नेपालले, “अव नेपाली काँग्रेस इतिहासको पार्टी भई सक्यो, इतिहासको पार्टीले परिवर्तनको नेतृत्व गर्न सक्दैन । जनताको वहुदलिय जनवाद नेपालको सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरणको पक्षमा स्थापित भई सकेको छ, अव परिवर्तनको नेतृत्व एमालेले नै गर्छ । माओवादीले जाली कुरा मात्र गर्छ नेपाली जनताले चिनी सकेका छन्, अव नेपाली जनताले कुनै पनि हालतमा साथ दिदैनन् । एमालेले संविधान सभामा अडान नलिएको भए नेपालको नाम नै परिवर्तन भई सक्थ्यो सगरमाथा देश हुने थियो, त्यो नेपाली जनताको लागि दु:खद अवस्था आउँथ्यो त्यसलाई एमालेले रोक्न सफल भएको छ । संविधानमा सवै कुराहरु मिली सकेको छ तर शासकिय स्वरुपमा र राज्य पुनर्संरचनामा मात्र कुरा मिलेको छैन ।” नेपालले राष्ट्रपति र प्रधानमन्त्रीलाई कार्यकारी अधिकार वाँडफाँड गर्दा राष्ट्रपतिलाई केहि थोरै र प्रधानमन्त्रीलाई केहि धेरै अधिकार दिदा सहमसतिमा पुग्न सकिन्छ तर यो लोकतन्त्रको लागि खतरा हुन्छ माओवादीको यो कुटिल चाल हो भन्नु भयो ।

“प्रमुख अतिथी नेपालले पुर्खाहरुले देशलाई जोगाए आत्मनिर्णयको अधिकारको नाममा देशलाई टुक्रयाउँन पाईन्दैन । एमाले जातिय अग्रधिकारको पक्षमा नरहेको स्पष्ट पार्दै नेपाली समाजमा सवै जाति समुदाय वर्गिय विभेद रहेको छ वर्गिय माया नै न्यानो हुन्छ,” प्रमुख अतिथी नेपालले अगाडी भन्नु भयो,- “एमाले आदिवासी जनजातिको हिमायती हो मधेसी, मुस्लिम र दलितको लागि दृढता पुर्वक अगाडी वढि रहेको पार्टी हो भने कसरी एमाले आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलितको विरोधी पार्टी हो ?” उहँले प्रश्न गर्नु भयो । नेपालमा ११८ जनजाति छन्, एमाले सवै जाति र समुदायको पक्षमा रहेकोले वहुपहिचानको आधारमा ७ प्रदेशको खाका स्पष्ट ल्याई सकेको समेत दावी गर्नु भयो । उहाँले अगाडी भन्नु भयो माओवादीले देशलाई शुन्यता तर्फ धकेली रहेको छ, बाबुराम भट्टराईको सरकारले भ्रमको खेती गरेर एकल जातिय पहिचानको नारा दिएर देशलाई द्धन्द तर्फ लगी रहेकाले सबैलाई सचेत रहन आग्रह गर्नु भयो । संविधानसभामा देखिएका विमतीहरुलाई जनमत संग्रहमा लैजानु पर्छ र संविधान वनाउँने वातवरण तयार वनाउँनु पर्छ एमाले त्यो पक्षमा छ भन्नु भयो । आगामी वैसाख सम्ममा संसदको चुनाव गर्नु पर्छ र त्यसले संविधानको विवादित विषय टुङ्गयाएर संविधान जारी गर्छ । विदेशीहरुको हस्तक्षेपको विरुद्धमा सवै नेपालीहरु एक ढिक्का हुनु पर्छ एमाले देशको हितलाई केन्द्र विन्दुमा राखेर अगाडी वढि रहेको छ भन्नु भयो ।

कार्यक्रमको अन्त्यमा नेपाल लोकतान्त्रिक मञ्च केन्द्रीय कमिटी दोहा कतारको पाँचौ राष्ट्रिय सम्मेलनवाट नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथी श्री माधव कुमार नेपालले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा मञ्चका सचिवालय सदस्य तथा संस्थापक अध्यक्ष श्री कमल मणि गुरागाईंले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथीसंग सामुहिक रुपमा जनपान गरिएको थियो । मञ्चका अध्यक्ष श्री दिल किरण खजुमले आगामी दिनमा मञ्चले खेल्ने भुमिकाको वारेमा स्पष्ट पार्दै छिट्टै ६ महिने कार्य योजना वनाएर आउँने उद्धघोष गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदैं औपचारिक रुपमा कार्यक्रम समापन गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र