लुम्विनी अञ्चल अस्पताल भ्रष्टाचारको आहालमा

३१ भाद्र २०६९, आईतवार २१:०९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ भदौ । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा हिसावकिताब पारदर्शी नभएको भन्दै केही समय अघिदेखि कर्मचारी र अध्यक्षबीच विवाद उत्पन्न भएपछि लुम्बिनी अञ्चल अस्पताल बुटबलमा भाडामा खौजेर अप्रेशन सेबा  चलाउनको लागी भए पनि संञ्चालन गरिएको छ ।

अस्पतालका अध्यक्ष राजेन्द्र गुप्ताका र मेडिकल सुपरिटेन्डन रमेशमान शिह बिच कुरा नमिल्दा अध्यक्षले मेसुलाई हटाएपछि बिबादलै चरम रुपलिएको छ । जस्का कारण मेसु रमेसमान घर बिदामा बसेपछि यस्तो समस्या आएको छ ।
सधै भरिभराउ रहने यस अस्पतालमा आजभोलि सबै बेडखाली रहेका छन दैनिक २५ भन्दा ठुला साना अप्रेशनहरु हुने गरेको यस अस्पतालमा आजभोलि १ दुई जनामात्र हुनै गरेको अस्पताल श्रोतले बताएको छ ।

मेडिकल रेकडर लक्ष्मिराज रेग्मीका अनुसार रुपन्देहीका प्रमुख जिल्ला आधिकारीले कतैबाट भएपनि डाक्टर खोजेर बन्द नभएको बताउदै कामचाउ मात्र भएको बताए । स्रोतका अनुसार औषधि तथा अन्य इक्युप्मेण्ट खरिदमा ठूलो रकम भ्रष्टाचार भएको छ । औषधि खरिदको लागिमात्र वार्षिक १ करोड रुपैयां सरकारले उपलब्ध गराउदै आएको छ भने गत आवमा ८८ लाख रकम आम सुरक्षा कार्यक्रमका लागि आएको थियो । आमा सुरक्षा कार्यक्रम अनुसार सुत्केरीले पाउने रकममा मनोमानी गरिएका समाचार बाहिर आएपछि अस्पतालमा चरम बिबाद भएकौ छ । अध्यक्ष गुप्ताले मेडिकल सुपरटेन्डेण्ट स्टोर किपर र लेखापाल लगायतले जनताका नाममा आउने करोडौको औषधिमा अनियमितता गरेको बताउँदै लाखौका औषधि सडेर जाने गरेको बताएका छन् ।

लुम्विनी अञ्चल अस्पताल यस क्षेत्रका करिव १६ जिल्लाका सर्वसाधारण जनतालाई सेवा दिने अस्पतालको रुपमा परिचित छ । यस क्षेत्रका समाजसेवी, उद्योगी, ब्यवसायी र नागरिक समाजले उपक्षेत्रीय अस्पतालको रुपमा विकास गर्नु पर्ने आवाज उठाउँदै आएका छन् । अस्पतालको वार्षिक आम्दानी साढे ६ करोडसम्म हुने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार