काबुल विमानस्थलबाहिर भएको विस्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको मृत्यु

११ भाद्र २०७८, शुक्रबार ०८:०१ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने। उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ। तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्। बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ‘हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ’

बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए। त्यसको केही समय पछि गोली चलेको आवाज आयो। केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो।

अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस(के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो। उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

आजको प्रमुख समाचार