गुल्मीमा आयकर र घरबहाल कर बुझाउनेको घुईंचो

३१ भाद्र २०६९, आईतवार २१:०० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ भदौ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मी, कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मी र आन्तरिक राजस्व कार्यालय बुटवलको पहलमा गुल्मीको सदरमुकाम तमघासमा आयकर तथा घरबहाल बुझ्ने कार्यक्रम आज सम्पन्न भएको छ । हिजो देखि सुरु भएको उक्त कार्यक्रममा पहिलो दिनमै पाचँ लाख भन्दा बढिको राजस्व उठेको हो । त्यस्तै दोेश्रो दिन आज समेत गरी कुल बाह्र लाख बिस हजार आठ सय उनान्सय (१२,२०,८९९) राजस्व संकलन भएको छ जानाकारी उद्योग वाणिज्य संघ गुल्मीले दिएको छ ।

आयकर र बहाल कर संकलन गर्न आन्तरिक राजस्व कार्यालय बुटवल बाट खटिएको एक टोली, उद्योग वाणिज्य संघ गुल्मी, र कोष तथा लेखा नियन्त्रणको कार्यालय तमघास गुल्मीको सहयोगमा सञ्चालन भएको उक्त कर संकलन कार्यक्रमबाट गुल्मी बासिले ठूलो राहत पाएका छन् । आफ्नो व्यवसायको कर बुझाउन बुटवल धाउन समस्या हुने गरेको र स्थानिय स्तरमै यसरी कर संकलन कार्यक्रमले करतिर्न नबिर्सने भन्दै स्थानिय बासि समेत हर्षित भएका छन् । निकै उत्साहजनक तबरले उपस्थीत भएका स्थानिय व्यवसायीहरु को भिडभाडले खचाखच भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको हलमा विभिन्न कार्यालयका कर्मचारीहरुले समेत सहयोग गरेका थिए राजस्व संकलनमा ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से