‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९’ सुरु

३१ भाद्र २०६९, आईतवार २०:४९ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.व.राले आज मिति २०६९ भाद्र ३१ गते श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेल मैदानमा एक समारोहका बीच ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९’ को समुद्घाटन गर्नुभयो ।
सैनिक बिनय महानिर्देशक उपरथी यज्ञविक्रम राणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको समारोहमा कार्यक्रमको दौरान प्रतियोगितामा सहभागी नेपाली सेनाका ६ वटा पृतना, मद्दती फौज र विशेष फौज गरी जम्मा ८ वटा टिमले मार्चपास्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ्ग, तेक्वान्दो र एथलेटिक्स गरी जम्मा ६ बिधाहरु समावेश गरिएको छ । एथलेटिक्स तर्फ स्विमिङ्ग, ट्रयाक ईभेन्ट, म्याराथन र फिल्ड ईभेन्ट खेलहरु समावेश गरिएको छ । प्रत्येक विधामा प्रथम हुने सहभागि टिमलाई ट्रफि प्रदान गरिनेछ भने सम्पुर्ण खेलहरुबाट प्रथम हुने टिमलाई सेना दिवसको अवसर पारि ‘प्रधानसेनापति ट्रफि’ प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार