अपहरित भारतीयको उद्धार

३१ भाद्र २०६९, आईतवार २०:१७ मा प्रकाशित

बर्दिवास, ३१ भदौ । नेपाल प्रहरीले महोत्तरी जिल्लाको फुलहट्टापरिकौली गाविसको आगेपुर पुलनजिकबाट आज १६ दिन पहिले अपहृत एक भारतीयलाई उद्धार गरेको छ । यही भदौ १६ गते आफ्नै गाउँ भारतको सीतामढी जिल्लामा पर्ने महादेवपट्टी ग्राम पञ्चायत—३ बाट अपहरणमा परेका ३६ वर्षीय लक्ष्मी मुखियालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियमित गस्ती टोलीले भिठ्ठामोर जनकपुर सडकमा पर्ने आगेपुर पुलनजिकबाट आज बिहान उद्घार गरेको हो ।
हातखुट्टा बाँधेर पुलमुनि लडाइएको अवस्थामा मुखियालाई उद्धार गरिएको जिप्रका महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो । अपहरणकारी भने प्रहरीको भ्यान देखेर मुखियालाई छाडेर भागेको बताइएको छ । उद्धारपछि सामान्य अवस्थामा फर्केका मुखियाले आफूलाई गाउँका आफन्तले नै रु ५० हजार माग गर्दै सेप्टेम्बर १ का दिन जबर्जस्ती समातेर आँखामा पट्टी बाँधी निक्कै हिँडाएको बताएको प्रहरीले जनाएको छ । उद्घार गरिएका मुखियालाई आजै जिल्लाको सीमावर्ती भारतीय बेला थानाका प्रभारीलाई जिम्मा लगाइएको पनि खड्काले बताउनुभयो । उद्घार गरिएका मुखियाको गाउँ जिल्लाको इटहर्वाकट्टी गाविससँग सीमा जोडिएको भारतीय बस्ती भएको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै