भारतीय सहयोगमा बनकालीमा धर्मशाला, ६ महिनाभित्रै विद्युतीय शवदाह गृह

३१ भाद्र २०६९, आईतवार २०:१६ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । निकै वर्ष अघिदेखि चर्चामा रहेको विद्युतीय शवदाह गृहले आगामी ६ महिनामा मूर्तरुप पाउने दाबी गरिएको छ । पशुपति आर्यघाटमा ६ महिनाभित्र विद्युतीय शवदाह गृह निर्माण गर्ने दाबी गर्दै पशुपति विकास कोषले चालू आर्थिक वर्षमा मेसिन जडान सम्पन्न गरेर आगामी वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।
कोषका सदस्य सचिव सुशील नाहाटाका अनुसार विद्युतीय शवदाह सञ्चालनमा आएपछि वन कटान केही मात्रामा रोकिन सक्छ । अहिले दैनिक सरदर ३५ जनाको शवदाह गर्न दिनमा पाँचवटा रूखको दाउरा आवश्यक पर्छ । विद्युतीय शवदाह सञ्चालनमा आए मासिक १ सय ५० रूख कटान रोकिने कोषको अनुमान छ ।
यस कार्यबाट वातावरणीय दुस्प्रभाव पनि नहुने जानकारी दिंदै नाहटाले हिउँदमा वाग्मती नदीको जलप्रवाह बढाउन गोठाटारस्थित कोषको जग्गामा वर्षादको पानी सञ्चय गर्न अध्ययन सुरु गरेको पनि बताए । भारतको आर्थिक सहयोगमा वनकालीमा यसै वर्षदेखि धर्मशाला निर्माण गर्ने र तेस्रो मुलुकका पर्यटकका लागि तिलगंगामा १५ महिनाभित्र सूचना केन्द्र खोल्ने पनि उनको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ