दलहरुबीच ‘सघन वार्ता गर्ने’ सहमति

३१ भाद्र २०६९, आईतवार २०:०१ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । बिहान राष्ट्रपतिसंगको भेटमा आइतबार सांझ नै बैठक बसेर सहमतिमा पुगेरै छाड्ने बाचा गरेर फर्केका चार प्रमुख दलका शीर्ष नेताहरुको बैठक फेरि पनि निश्कर्षबिहीन बनेको छ । संयुक्त लोकतान्त्रिक मधोसी मोर्चासहित मलुकका चार राजनीतिक दलको आइतबार अपरान्ह बैठक बसेको थियो ।
सहमतिका कुनै सुत्र फेला पार्न नसकेको बैठकले आगामी मंगलबारदेखि घनिभूत वार्ता थाल्ने ‘सहमति’चाहिं निकालेको नेताहरुले जनाएका छन् । एमाले अध्यक्ष झलनाथ खनालले आन्तरिक तयारीसहित मंगलबारबाट निर्णायक वर्ता थाल्ने सहमति भएको बताए । एमाले अध्यक्ष खनाल र मोर्चा संयोजकसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले आइतबार बस्ने शीर्ष बैठकपछि सहमति हुने विश्वास व्यक्त गरेका थिए भने राजनीतिक वृत्तमा यस विषयले निकै चासो र चर्चा पनि पाएको थियो । आइतबार पनि ‘वार्तामा बस्ने सहमति’ मात्र गरेबाट दलहरुबाट जनता थप निरास बन्न पुगेका विश्लेषकहरुको ठहर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार