फेरि सुरु भयो माओवादीको चन्दा आतंक

३१ भाद्र २०६९, आईतवार १९:५० मा प्रकाशित

काठमाडौ, ३१ भदौ । मागेजति चन्दा नदिएकोभन्दै एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आयतबार कञ्चनपुर सदरमुकामका दुई निजी विद्यालयमा तोडफोड गरी लाखौंको क्षति पुर्‍याएका छन्। फ्लोरिडा बोर्डिङ स्कुल र प्रभात विद्या निकेतन नामक स्कूलले चन्दा नदिएको भन्दै उनीहरुले तोडफोड मच्चाएको राससले जनाएको छ ।
अखिल क्रान्तिकारीका चन्द्रकान्त भट्टको नेतृत्वमा रहेका दुई दर्जनजति विद्यार्थीको समूहले विद्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार फ्लोरिडामा विद्यार्थीहरुले दुई गाडी, कम्प्युटर, फर्निचर, ल्यापटप, दुई बस, फोनलगायतका सम्पत्ति तोडफोड गरेका छन् भने प्रभात विद्या निकेतनमा कम्प्युटर, कुर्सी, टेबुल र फोन तोडफोड गरेर क्षति पुर्‍याएका छन्। तोडफोडबाट दुवै विद्यालयमा लाखौंको क्षति भएको बताइएको छ।
बिहान नौं बजे चन्दा माग्न विद्यालय पुगेको विद्यार्थीहरुको समूहले मागे अनुसारको चन्दा विद्यालयले दिन नसक्ने जनाएपछि तोडफोड गरेको फ्लोरिडाका प्राचार्य निशा भट्टलाई उद्धृत गर्दै राससले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट दुबै विद्यालयबाट ५०० मिटरको दूरीमा मात्रै रहेपनि प्रहरी भने तोडफोड भएको आधा घण्टा ढिलो गरी पुगेको विद्यालयका शिक्षकहरुले बताएका छन्। प्रहरी नायव उपरीक्षक विर्खबहादुर रावलले तोडफोडमा संलग्न भएकाहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार