गण्डकी र धौलागिरीका सरकारी कार्यालय ठप्प

३१ भाद्र २०६९, आईतवार १४:०१ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । बिमानस्थल निर्माण कार्य तुहाउने सम्भावना बढेपछि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन चरणवद्ध आन्दोलनमा उत्रिएका पोखरेली तथा पश्चिमाञ्चलवासीले आइतबार गण्डकी र धौलागिरी अञ्चलका सरकारी कार्यालय अगाडि धर्ना दिएर कामकाज ठप्प पारेका छन्। सरोकार समितिको आव्हानमा पोखरेलीले सरकारी कार्यालयअन्तर्गत शिक्षा, वन, हुलाक, उपमहानगरपालिका, यातायात, साल्ट ट्रेडिङ, कृषि सामाग्री संस्थान, नेपाल टेलिकम, जिल्ला विकास समिति, मालपोत, आन्तरिक राजश्व कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, विद्युत प्राधिकरण लगायत सरकारी कार्यालयको मुलगेटमा नारावाजीसहित धर्ना दिएका छन्। धर्नामा सहभागीले विमानस्थल निमार्ण कार्य तत्काल सुरु गर, वहानाबाजीको अन्त्य गर, सरकारी ढिलासुस्ती अन्त्य गर लगायत नारा लगाएका छन्।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले दुबै अञ्चलका सम्पूर्ण सरकारी कार्यालय र संस्थानको मुल गेटमा धर्नासहित कर्मचारीलाई प्रवेशमा रोक लगाएर कामकाज ठप्प पारेको र कास्कीबाहेक अन्य जिल्लामा पनि स्थानीय सरोकार समितिको अगुवाइमा सरकारी कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारिएको सरोकार समितिका मुल संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए।
दवावका लागि थालिएको नागरिक दवाव अभियानअर्न्तगत गत बिहीबारदेखि पुनः सुरु भएको पोखरा विमानस्थल अगाडिको रिले अनशन आइतबार पनि जारी छ। सरोकार समितिले शनिबार बिहान पोखरा विमानस्थलमा धर्ना समेत दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार