स्टिकर उप्काउंदै राजश्व छल्दै

३१ भाद्र २०६९, आईतवार १३:३५ मा प्रकाशित

वीरगन्ज, ३१ भदौ । भन्सारमा आयातित वस्तुको मूल्यांकन हुनुअगावै वस्तुमा टाँसिएको एमआरपी स्टिकर चक्कुले कोतरेर राजस्व छल्दै गरेका चार कामदारहरु पक्राउ परेका छन् । परिसरमा जडित सीसीटीभी क्यामेरामा एमआरपी लेबल कोट्याउँदै गरेको देखिएपछि उनीहरू पक्राउ परेका हुन् ।
एमआरपी कोट्याएको दृश्य भन्सार विभागका उपमहानिर्देशक लक्ष्मण अर्यालले काठमाडौंको कार्यकक्षमा देखेपछि भन्सार प्रमुख रामहरि अर्याललाई फोन गरेर त्यसको जानकारी गराएका थिए । भन्सार राजस्व गस्ती लिएर गएका प्रमुखले ४ जनालाई मोटर पार्टसको एमआरपी कोट्याउँदै गरेको अवस्थामा पक्राउ गरे । लामा क्लियरिङ एजेन्सीका ती कामदारलाई जनही ५ हजार जरिवाना गरेको प्रमुख अर्यालले बताए ।
भन्सार परिसरमा हरेक गतिविधि निगरानीका लागि उच्च प्रविधिका १६ थान सीसीटीभी क्यामेरा जडान भएका छन् । भन्सार प्रमुखको कार्यकक्षमा राखिएको मनिटरमा सीसीटीभीले कैद गरेको दृश्य हेर्न सकिने व्यवस्था छ ।
यसरी कर्मचारीको मिलेमतोमा व्यापारीले भन्सार परिसरभित्रै लेबल उप्काएर वास्तविक मूल्यभन्दा न्यून मूल्यांकन गराई राजस्व छल्ने गरेका छन् । आयातित मोटर पार्टसको स्टिकरमा अंकित एमआरपीको आधारमा भन्सारले राजस्व मूल्यांकन गर्ने गरेको छ । एमआरपी उप्काएपछि कर्मचारीको मिलेमतोमा सक्दो न्यून मूल्यांकन गराई जाँचपास हुने गरेको भन्सार स्रोतको दाबी छ । आदर्शनगरका एक व्यापारीका अनुसार भारत वा तेस्रो मुलुकबाट आयात हुने उच्च मूल्यका वस्तुहरूलाई न्यून मूल्य देखाउन यस्तो गरिन्छ । मोटर पार्टस्का एक होलसेल बिक्रेताले वास्तविक मूल्य अनुसारको भन्सार दस्तुर महँगो हुने भएकाले कम राजस्व तिर्नका लागि यस्तो गरिने बताए । कर्मचारीलाई उचित दस्तुरी दिएपछि यस्तो काम परिसरभित्र सजिलै गर्न सकिने उनले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं, ७ असाेज । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण