पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल बन्ने सम्भावना टर्दै

३१ भाद्र २०६९, आईतवार १३:०९ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । लामो समयदेखि प्रतिक्षा गरिएको पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने सम्भावना कानूनी जटिलता र सरकारी त्रुटीका कारण लगभग टरेको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन पोखामा चरणबद्व आन्दोलन जारी रहेका बेला सरकारका एक वरिष्ठ मन्त्रीले नै शनिबार पोखरा पुगी यस्तो संकेत दिएका हुन्।
अर्थमन्त्री वर्षमान पुनले नेपाल र चीन सरकारबीचको कानूनी जटिलता, ऋण सम्झौतादेखि यसको टेन्डर प्रक्रियासम्म भएका प्रक्रियागत त्रुटीलगायत कारणले उक्त विमानस्थल तत्काल बन्ने सम्भावना टरेको जनाउन दिएका हुन्। उनले दुवै देशको कानूनबमोजिम हुने गरी अर्को निर्णय गराउन सरकार प्रतिवद्ध रहे पनि यसको ग्यारेन्टी भने गर्न नसकिने जनाए । नेपाल र चीनको कानूनी जटिलताका कारण सरकारले यसमा कुनै निर्णय गर्न सक्ने अवस्था रहेन भन्दै शनिबार पोखरामा सरोकारवालासँग अर्थमन्त्री पुनले कानूनी त्रुटी हुँदाहुँदै यत्रो योजना नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले मात्र निर्णय गरेर जोखिम लिन सक्ने सम्भावना पनि नरहेको उल्लेख गरे । उनले दुवै देशबीच यसबारेमा पुनः छलफल गरी नयाँ सम्झौतादेखि अर्को टेन्डरमा जानुपर्ने अवस्था समेत सृजना भएको जनाउंदै त्यसका लागि सरकारले पुनः छलफलको प्रयास थालेको बताए।
मन्त्री पुनले प्रक्रियागत झन्झट र कानूनी जटिलताले अन्यौल सृजना गरेका बेला दवावका लागि आन्दोलन गर्नु उचित नभएको भन्दै जारी आन्दोलन स्थगन गर्न समेत सुझाब दिए। चारदशक लामो सपना पुरा गराउन महिनौंदेखि आन्दोलन गर्दै आएका पोखरेली भने अर्थमन्त्रीको यस्तो कुरा सुनेपछि निराश बनेका छन्।
चीनको एक्जिम बैंकको ऋण सहयोगमा सुरुमा १५ अर्ब रुपैयाँ लगानीमा बन्ने भनिएको उक्त विमानस्थलका लागि टेन्डर आव्हान गरेपछि चीनको सिएमसी कम्पनीले सबैभन्दा कम अर्थात् करिब २७ अर्ब रुपैयाँको प्रस्ताव परेको थियो। प्रस्तावअनुसार लागत अनुमानभन्दा झण्डै दोब्बर रकम लाग्ने देखिएपछि यसमा कमिसनको चलखेलदेखि बन्न नदिने षड्यन्त्रका कुरा सुरु हुँदै विवाद र अन्यौल बढेको हो । पोखरेली व्यवसायीहरुले भने राजनीतिक दलहरु प्रतिवद्व रहे पनि प्राधिकरणका कर्मचारीकै षड्यन्त्रका कारण पोखरामा उक्त विमानस्थल बन्न नसकेको आरोप लगाउँदै आएका छन्।
उता, पोखरामा सरोकार समितिको आव्हानमा आमपोखरेलीले दबाबका लागि चरणवद्व आन्दोलन जारी राखेका छन्। यसअघि दुई साता यहाँको विमानस्थल अगाडी रिले अनसन बसेका पोखरेली अहिले फेरी यस्तै अनसनसहित अन्य आन्दोलनमा सक्रिय छन्। जसअन्तर्गत उनीहरुले शनिबार बिहान पोखरा विमानस्थलमा धर्ना दिए भने आज आइतबारबाट यहाँका सरकारी कार्यालय र संस्थानहरुमा धर्ना दिएर काम ठप्प पार्ने कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको गाउँ नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौँ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री