नेताहरुसंग राष्ट्रपतिले पोखे दुःखेसो

३१ भाद्र २०६९, आईतवार १३:०६ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । राष्ट्रपति रामवरण यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आइतबार बिहान भेट गर्नुभएको छ । भेटमा राष्ट्रपतिले लामो समय मुलुकलाई अध्यादेशबाट चलाउन नसकिने धारणा राख्दै आफूसमक्ष अध्यादेशको लाइन लगाएर अपठ्यारोमा परिएकोतर्फ संकेत गर्दै उहांले ‘पहिलो मेरो बाधा अड्काउ फुकाउनुस्, पछि तपाईंहरुको बाधा अड्काउ म फुकाउँला’ भन्ने अभिव्यक्ति दिनुभएको बताइएको छ । उहांले सहमतीय सरकार निर्माणमा जोड दिंदै तत्काल सहमति गर्न आहृवान गर्नुभएको भेटमा सहभागी एक नेताले बताए । भेटमा राष्ट्रपतिले पटक पटक सहमति गर्ने बाचा गरेर उठ्ने शीर्ष नेताहरु रित्तो हात फर्केकोमा दुखेसो पोख्दै सहमतिको सरकार, संविधानसभा पुनःस्थापना वा निर्वाचनमा सहमति गर्न आग्रह गर्नुभएको थियो ।
छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारलगायत सहभागी थिए । छलफलपछि बाहिरिएका एमाले अध्यक्ष खनाल र मोर्चा संयोजकसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले आइतबार बस्ने शीर्ष बैठकपछि सहमति हुने विश्वास व्यक्त गरे । ‘दलभित्रका र तीन दलबीचका समस्या पनि राष्ट्रपतिसमक्ष राख्यौं,’ बैठकपछि खनालले भने, ‘आज सहमति गर्ने अधिकतम प्रयास हुनेछ । उनले ठूलो पार्टीका हैसियतले माओवादीले अडानबाट पछि हट्नुपर्ने बताए । गच्छदारले पनि आइतबारको शीर्ष बैठकमा संविधानसभा पुनःस्थापनाबारे सहमति हुने विश्वास व्यक्त गरे । ‘आज अन्तिम प्रयोग हुनेछ,’ उनले भने, ‘नभए प्राकृतिक प्रक्रिया (निर्वाचन)मा मुलुक जानेछ ।’

कांग्रेस सभापति सुशील कोइरालाका अनुसार राष्ट्रपतिले दलहरुलाई अप्ठ्यारो फुकाउन पहल गर्न आग्रह गरेका थिए । ‘नभए मेरो पनि जिम्मेवारी छ भन्ने कुरा राख्नुभयो’ उनले भने ।

भदौभित्र निकास निकाल्ने यसअघि भएको सहमति असफल भएपछि राष्ट्रपतिले पुनः शीर्ष नेताहरुलाई बोलाएका हुन् । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले यसअघि भदौ अन्तिमसम्म सहमति गर्ने दाबी गरेका थिए । उनीहरुले संविधानका विवादित विषयमा सहमति जुटाउन नसके ताजा जनादेशमा जाने सैद्धान्तिक सहमति जनाएका थिए ।

दलहरुबीच संविधानका केही विवादित विषयमा सहमति नहुँदा चार वर्षे संविधानसभा गत जेठ १४ गते विघटन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार