कपिलवस्तुलाई डाइक्लोफेनक मुक्त जिल्ला घोषणा गरिए पनि खतरा कायमै

३१ भाद्र २०६९, आईतवार १२:११ मा प्रकाशित

कपिलवस्तु, ३१ भदौ । सरोकारावालाहरुलाई गिद्ध संरक्षणसम्बन्धी एकदिने सचेतना गाष्ठी कृष्णनगरमा सम्पन्न भएको छ । पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनक औषधी नेपाल भारत सिमा क्षेत्रवाट नेपालमा भित्रिने हुदां उक्त रोक्नको लागि प्रहरी तथा सरोकारवालाई सचेत पार्न उक्त कार्यक्रम गरिएको बताइएको छ । कपिलवस्तु जिल्लालाई डाइक्लोफेनक मुक्त जिल्ला घोषणा गरिए तापनि सिमा क्षेत्राट यो औषधी भित्रने सम्भावना रहेको कारण सरोकारालाई सो जानकारी गराइएको हो ।
मरेका जनावरहरुको सिनो खाई वातावरणीय प्रदुषणमा ठूलो सहयोग पु¥याउने भएकाले गिद्धको संरक्षणका लागि सचेतना गोष्ठी संचालन गरिएको हो । पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनक सोडियमले गिद्धको किड्नी ड्यामेज भई मर्ने संख्यामा बढोत्तरी भएकोले पनि यसको संरक्षण आवश्यक रहेको सहभागीहरुले जोड दिए । नेपाल पंक्षी संरक्षण संघ बुटवलका डा. सागर पौडेलले विरामी पशुको उपचारका लागि मोलेक्सीकेम नामक औषधि प्रभावकारी रहेको जानकारी दिनुभयो । मोलेक्सीकेम नामक औषधिले सिनो खाने कुनै पनि जनावरलाई हानी नपुरयाउने पौडेलको दाबी छ ।
पक्षी सरक्षण सघका केद्रिय सदस्य मोती पोख्रेल, जिल्ला पशु सेवा कार्यालयका पशु चिकिस्सक डा अखिलेश्वर पाण्डेय लगायतले गिद्ध संरक्षणका लागि सचेतनामूलक गोष्ठी प्रभावकारी रहेको बताउंदै यसको पूर्ण कार्यान्वयनका लागि लाग्ने बताउनुभएको थियो ।

 – चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा