‘तपस्वी’ बम्जनका निम्ति हलखोरियामा निषेधाज्ञा

३१ भाद्र २०६९, आईतवार ११:५६ मा प्रकाशित

निजगढ, ३१ भदौ । गैरकानूनी तरिकाले एक हजार हेक्टर क्षेत्रफलको राष्ट्रिय वन बर्षौंदेखि कब्जा गरेर बसेका कथित तपस्वी रामबहादुर बम्जनलाई बाराको हलखोरिया जंगलबाट निकालिने भएको छ । वन कब्जा गरेर बसेका तपस्वीलाई जंगलबाट हटाउन स्थानीय प्रहरी प्रशासन र वन कार्यालय कडाइका साथ प्रस्तुत भएपछि उनी ‘सिन्धुलीमा धार्मिक कार्यक्रमलाई सम्बोधन गर्ने’ भन्दै त्यहाँबाट करिब तीन महिनाअघि पलायन भएका थिए ।
बम्जन पुनः हलखोरिया फर्कन लागेको जानकारी पाएर शनिबारदेखि नै उनलाई जंगल छिर्न नदिन सुरक्षाकर्मी ‘हाइ एलर्ट’मा बसेका छन् । कुनै पनि हालतमा जंगलमा छिर्न नदिने प्रशासनिक निर्णयको आदेश पालना गर्न प्रहरीले राती पनि निगरानी गरेको छ भने सशस्त्र, नेपाल प्रहरी र वन रक्षक टोली ठूलो संख्यामा परिचालित भई निजगढ, पसाहा, रतनपुरी, तामागढीलगायत ठाउँमा उच्च सतर्कताका साथ रहेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी